Relevancy of NRB Act 2058 while there is BAFIA
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन , २०७३ मा समग्र बैंक/वित्तिय संस्थाको छाता ऐनको रुपमा कार्य गरिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंक ऐन , २०५८ को आवश्यकता कसरी प्रमाणित गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् । (Krishna Niraula, CA) उत्तर: बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन , २०७३ ( बाफिया) ल्या उ नुको मूल उद्देश्य निम्नबमोजिम रहेको पाइन्छ: - मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न , - निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्न , बैंक तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउन , - राष्ट्रिय अर्थतन्त्रलाई सवल एवं सुदृढ बनाउन तथा - वित्तीय स्थायित्व कायम गर्नको लागि बैंक तथा वित्तीय संस्थाको संस्थापना , सञ्चालन , व्यवस्थापन , नियमन , निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रचलित कानूनमा संशोधन र एकीकरण गरी समयानुकूल बनाउन । त्यस्तै नेपाल राष्ट्र बैंक ऐन ( ने.रा.बैंक ऐन ), २०५८ ल्याउनुको मुख्य उद्देश्य निम्न रहेको पाइन्छ : - नेपालको अर्थतन्त्रमा दिगो विकास...