Current Banking Status and Challenges (Krishna Niraula, CA)

नेपालमा हालको बैंकिङ अवस्था एवं चुनौतिहरू उल्लेख गर्नुहोस् । (५+५) What are the current banking situation and challenges in Nepal? Explain. (5 + 5) Both Nepali & English उत्तरः नेपालको आधुनिक बैंकिङ इतिहास वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भएपछि सुरु भएको मानिन्छ । वर्तमानमा बैंक तथा वित्तीय संस्था ( BFIs) सम्बन्धी ऐन , २०७३ ( BAFIA) ले दिएको अधिकार प्रयोग गरी बैंकिङ कारोबार गरिरहेका BFIs हरुको नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंक ( NRB) रहेको छ । NRB ले प्रकाशित गर्ने मासिक तथ्यांक (असार २०७८) अनुसार BFIs को वर्तमान अवस्था देहायबमोजिम रहेको छ । ( Update around Examination Date) १. संख्याः BFIs हरुको संख्यात्मक अवस्था हेर्दा २७ "क" वर्ग, १८ "ख" वर्ग, १७ "ग" वर्ग, ७० "घ" वर्ग र १ पूर्वाधार विकास बैंक गरी कुल १३३ BFIs संचालनमा रहेका छन् र तिनका कुल १०,६८३ शाखा संचालनमा रहेका छन् । २. देशभरका ७५३ स्थानीय निकायमा ७५० स्थानीय निकायमा वाणिज्य बैंकहरुको उपस्थिति छ । ३. BFIs मा ४७ खर्ब भन्दा बढीको निक्षेप र ४१ खर्ब भन...