Major Banking Terms (बैंकिङ शत प्रश्नोत्तरी)

Major Banking Terms १. वित्तीय साक्षरता भनेको के हो ? वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा शिपको रूपमा परिभाषित गरेको पाइन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न , उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक (उपभोक्ता) को वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पुर्याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ । २. अनलाईन बोल...