Credit Disbursement and Recovery in BAFIA
१. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कर्जा लगानी र असुलीका प्रावधान लेख्नुहोस् । उत्तरः बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ( BAFIA) को परिच्छेद ८ मा कर्जा लगानी र असुलीका प्रावधान दिइएको छ जसका मुख्य बुँदा देहायबमोजिम छन् । दफा ५५ : BFIs ले पालना गर्नुपर्ने कर्जा लगानी सम्बन्धी व्यवस्थाहरू · NRB निर्देशन तथा संचालक समितिले निर्धारण गरेको कर्जा नीतिको अधिनमा रही प्रयोजन खुलाएर मात्र कर्जा प्रवाह गर्नुपर्ने · आफूलाई मान्य हुने धितो सुरक्षण वा उचित जमानी लिई आफ्नो र निक्षेपकर्ताको हित सुरक्षा हुने गरी कर्जा प्रवाह गर्नुपर्ने · कर्जा सुरक्षणको सम्पत्ति आफ्नो नाममा रजिष्ट्रेशन / दाखिल खारेज / हस्तान्तरण गर्न र अरू कसैको नाममा हुन नसक्ने गरी सम्बन्धित कार्यालयमा लेखी पठाउनुपर्ने र सोहि बमोजिम सम्बन्धित कार्यालयले गर्नुपर्ने · राष्ट्र बैंकले तोकेबमोजिम विपन्न वर्ग र प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्र...