Covid Impact in Banks and ways to address them

What challenges have been faced in the banking sector due to the spread of Covid-19 virus? What are the strategies that banks need to take to face these challenges? (5 + 5)

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ भाइरसका कारण बैंकिङ क्षेत्रले के कस्ता चुनौतिको सामना गर्नु परिरहेको छ ? ती चुनौति सामना गर्न बैंकहरुले लिनुपर्ने रणनीति के-के हुन सक्छन् ?(५+५)

English Nepali Both (CA. Krishna Niraula)


The global economy, the Nepalese economy and the banking sector are also facing various challenges due to the Covid-19 virus that has spread like a global pandemic. The challenges faced by the banking sector due to COVID-19 are as follows.

1. The slowdown in the economy has affected the quantitative and qualitative growth of banking transactions,      

2. Interest income of banks will decline due to 2 percent discount in interest rate from 2077 BS.      

3. Apart from various businesses such as tourism, luxury industries, there is a high risk of bad loans due to problems in debt collection.      

4. There is a problem of excess liquidity due to contraction of bank loans,      

5. Since most of the operating expenses of the banks are of fixed nature, even if the banking business is reduced, the challenge is to reduce the net profit due to non-reduction of expenses.      

6. High technical and sanitary operating costs of increasing digital business due to the need to maintain physical distance due to epidemics,      

7. Risk of fire in the banking system as a whole if infection spreads in the banks .      

8. There is also the risk of unauthorized transactions when there is an arrangement to do banking business from home.      

Thus, the following strategies can be used to face the challenges of the banking sector created due to COVID-19.

1. In order to increase the quality of the banks and reduce the operating costs, merger between big commercial banks should be specially promoted so that the expenses of large nature such as rent, staff cost etc. will be reduced.      

2. Nepal Rastra Bank has to make arrangements for restructuring and rescheduling of loans by extending the grace period for the recovery of loans affected from Covid.      

3. If the interest rate on institutional term deposits is significantly reduced and the interest rate on individual term deposits is kept slightly higher than inflation, the overall interest rate on loans will also be lower.      

4. To extend operating loan investment by the banks to facilitate the business operation of the industries for some time to come.      

5. If some concessions are given in the minimum liquidity ratio to be maintained by the banks, the banks can increase the credit extensively. This will facilitate the development of small and medium enterprises.      

6. To extend loans to the productive sector by taking loans at cheap rates from various international bodies, which will improve the balance of payments situation in the overall economy and compensate for the declining income of banks from declining remittances and other non-cash transactions.      

In conclusion, although the problems caused by the epidemic created by COVID 19 will become more common over time, there is a golden opportunity to face the current adverse impact on the economy as well as a golden opportunity to move towards self-reliance by extending credit to agriculture and various other micro-enterprises. If the problems caused by Covid can be turned into opportunities, it can be believed that not only the banking sector of Nepal but also the overall economy will be strengthened.

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ भाइरसका कारण समग्र विश्व अर्थतन्त्र, नेपाली अर्थ व्यवस्था र बैंकिङ क्षेत्रले पनि विभिन्न चुनौतिसँग जुझिरहनुपरेको छ । कोभिड-१९ का कारण बैंकिङ क्षेत्रले सामना गर्नुपरेका चुनौतिहरु देहायबमोजिम छन् ।

१.       अर्थतन्त्रमा मन्दी आउनुले बैंकिङ कारोवारको संख्यात्मक र गुणात्मक वृद्धि प्रभावित भएको,

२.       २०७७ वैशाख बाट व्याजदरमा २ प्रतिशतको छुटका कारण बैंकहरुको ब्याज आम्दानिमा ह्रास आउने ।

३.       विभिन्न व्यवसाय जस्तै पर्यटन, विलासिताका उद्योगका अलावा अन्य थुप्रै लगानी गरिएको कर्जा असुलीमा समस्या आइ खराब कर्जा बढ्ने उच्च जोखिम रहेको,

४.      बैंकको कर्जा लगानी संकुचन भइ अधिक तरलता हुने समस्या रहेको,

५.      बैंकहरुको अधिकांश संचालन खर्च स्थिर प्रकृतिको भएकाले बैंकिङ कारोबारमा कमी आए पनि खर्च कम नहुनाले खुद मुनाफामा ह्रास आउने चुनौति,

६.      महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने भएकाले डिजिटल कारोबारमा वृद्धि गर्दा हुने उच्च प्राविधिक तथा सरसफाइको संचालन लागत,

७.      बैंकहरुमा संक्रमण फैलिएमा समग्र बैंकिङ व्यवस्थामै आँच आउन सक्ने जोखिम,

८.      Work From Home कार्यविधि नेपाल राष्ट्र बैंकले पनि जारी गरेकामा त्यस्तै कार्यविधि बनाइ घरबाटै बैंकिङ कारोबार गर्ने व्यवस्था हुँदा अनधिकृत कारोबारको जोखिम रहेको, आदि ।

यसरी कोभिड-१९ का कारण सिर्जित बैंकिङ क्षेत्रका चुनौतिहरु सामना गर्न निम्नबमोजिम रणनीति हुन सक्दछन् ।

१.       बैंकहरुको गुणात्मक वृद्धि गर्न र संचालन लागत कम गर्न मर्जरलाई विशेष रुपले अघि बढाउने जसले गर्दा घरभाडा, कर्मचारी खर्च आदिजस्ता ठूला प्रकृतिका खर्च कम हुने ।

२.       कोभिडबाट विशेष रुपले प्रभावित क्षेत्रमा प्रवाहित कर्जा असुली गर्नका लागि ग्रेस अवधि थप गरी पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था नेपाल राष्ट्र बैंकले गर्ने ।

३.       संस्थागत मुद्दति निक्षेपको व्याजदर उल्लेख्य रुपले घटाइ व्यक्तिगत मुद्दति निक्षेपको व्याजदर मुद्रास्फीति भन्दा थोरै मात्र माथि राखेमा समग्र कर्जाको व्याजदर पनि कम हुन्छ ।

४.      तत्काल केही समयका लागि उद्योगहरुलाई व्यवसाय सहज रुपले संचालन गर्न बैंकहरुले संचालन कर्जा लगानी विस्तार गर्ने ।

५.      बैंकहरुले कायम गर्नुपर्ने न्युनतम तरलता अनुपातमा केही सहुलियत दिइएमा बैंकहरुले कर्जा व्यापक रुपमा वृद्धि गर्न सक्दछन् ।  यसो गर्नाले लघु, साना तथा मझौला उद्योगलाई विकास गर्न सहजता मिल्छ ।

६.      विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो दरमा ऋण लिइ उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्ने, जसले गर्दा समग्र अर्थतन्त्रमा शोधनान्तर स्थिति सूधार भइ घट्दो रेमिट्यान्स तथा अन्य गैरकोष कारोबारबाट बैंकहरुलाई प्राप्त हुने आम्दानीको कमीलाई भरपाइ गर्न सकिन्छ ।

निष्कर्षमा, कोभिड १९ बाट सिर्जित महामारीले निम्त्याएको समस्या समयसँगै सामान्य हुने भएपनि वर्तमानमा यसले अर्थतन्त्रमा दिएको नमीठो धक्कालाई सामना गर्ने चुनौति र सो सँगै कृषि तथा अन्य विभिन्न लघुउद्यममा कर्जा विस्तार गरी आत्मनिर्भरतातर्फ उन्मुख हुने सुनौलो अवसर पनि रहेको छ । कोभिडबाट निम्तिएका समस्यालाई अवसरमा परिणत गर्न सकेमा नेपालको बैंकिङ क्षेत्र मात्र नभएर समग्र अर्थतन्त्र बलियो हुने विश्वास गर्न सकिन्छ ।

Comments

Post a Comment

Popular posts from this blog

Major Banking Terms (बैंकिङ शत प्रश्नोत्तरी)

Banking Concept in Nepal

Credit Disbursement and Recovery in BAFIA