Relevancy of NRB Act 2058 while there is BAFIA
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ मा समग्र बैंक/वित्तिय संस्थाको छाता ऐनको रुपमा कार्य गरिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को आवश्यकता कसरी प्रमाणित गर्न सकिन्छ ?व्याख्या गर्नुहोस् । (Krishna Niraula, CA)

उत्तर: बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) ल्याउनुको मूल उद्देश्य निम्नबमोजिम रहेको पाइन्छ:
- मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न,
- निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउन,
- राष्ट्रिय अर्थतन्त्रलाई सवल एवं सुदृढ बनाउन तथा
- वित्तीय स्थायित्व कायम गर्नको लागि बैंक तथा वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रचलित कानूनमा संशोधन र एकीकरण गरी समयानुकूल बनाउन ।
त्यस्तै नेपाल राष्ट्र बैंक ऐन (ने.रा.बैंक ऐन), २०५८ ल्याउनुको मुख्य उद्देश्य निम्न रहेको पाइन्छ :
-नेपालको अर्थतन्त्रमा दिगो विकास पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि केन्द्रिय बैंकका रुपमा नेपाल राष्ट्र बैंकको स्थापना गर्न ।
यसरी बाफिया बैंक संचालनका लागि बनेको ऐन र ने.रा.बैंक ऐन अर्थतन्त्र स्थिरताका लागि बनेको ऐन भनेर बुझ्न सकिन्छ ।
ने.रा.बैंक ऐनको सार्थकता निम्न बुँदाहरुद्वारा स्पस्ट पार्न सकिन्छ:
- समग्र बैंक तथा वित्तिय संस्थाहरुलाइ ईजाजतपत्र प्रदान गर्ने, नियमन, सुपरिवेक्षण गर्न केन्द्रिय बैंकको अवधारणा आवश्यक हुनाले सोही अनुसार केन्द्रिय बैंकको अधिकार प्रयोग गर्न,
- मूल्य स्थिरता कायम गर्नका लागि मुद्रा प्रवाह मिलाउनुपर्ने र सो कुरा बैंकिङ च्यानल बाटै हुने हुनाले मौद्रिक नीति जारी गरी बैंकिङ तरलता सीमित आकारभित्र राख्न,
- शोधनान्तर स्थिरता कायम गर्ने उद्देश्य पनि केन्द्रिय बैंकको हुने र देशको आयात निर्यात बैंकिङ च्यानल बाट हुनाले आवश्यकता भन्दा बढी निर्यात रोक्न र हुनुपर्ने निर्यात वृद्धि गर्न
- सरकारले लिएको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि बैंकिंङ पहुँच विस्तार गर्नका लागि बैंक/वित्तिय संस्थाहरुलाई निर्देशित गर्न
- वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्न,
- भुक्तानी, क्लियरिङ तथा सेटलमेन्ट पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्न, र
- बैंकिंङ क्षेत्रमा तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यम (जस्तै व्याजदर करिडोर) द्वारा खुला बजार कारोबार सञ्चालन गर्न
- यसका अलावा बैंकहरुलाई विदेशी मुद्राको कारोबार गर्नका लागि उपयुक्त नीतिको विकास गर्न,
निष्कर्षमा, दुवै बाफिया र ने.रा.बैंक ऐन समग्र बैंकिङ पद्धतिको विकासका लागि आवश्यक छन् । बैंक संचालनका लागि बाफिया र सो को नियमन तथा समग्र अर्थतन्त्रलाई उपयुक्त मौद्रिक नीति मार्फत औपचारिक बैंकिङ च्यानलमा ल्याउने कार्यका लागि ने.रा.बैंक ऐनको आवश्यकता पर्दछ ।
Very helpful .......thank you .sir
ReplyDeleteThank u
DeleteThus we could say that NRB act facilitates only the NRB, and BAFIA is there to regulate the entire banking industry.
ReplyDeleteNo we can't say that. BAFIA has provisions for operations of BFIs, but to regulate that there is NRB (empowered by NRB Act). Likewise, NRB Act brings appropriate monetary policies to regulate the banking system as well as to manage price and BOP(Balance of Payment) stability in economy.
DeleteThankyou so much dear sir.
ReplyDeleteWelcome madam :)
DeleteThank you sir......in banking..sectors ...very less person..are doing...such a great work.
ReplyDeleteThank you so much sir
ReplyDeleteSir could you please post this answer in English as well?
ReplyDeleteThank you
Regards