Current Banking Status and Challenges (Krishna Niraula, CA)

नेपालमा हालको बैंकिङ अवस्था एवं चुनौतिहरू उल्लेख गर्नुहोस् । (५+५) What are the current banking situation and challenges in Nepal? Explain. (5 + 5)

Both Nepali & English

उत्तरः नेपालको आधुनिक बैंकिङ इतिहास वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भएपछि सुरु भएको मानिन्छ । वर्तमानमा बैंक तथा वित्तीय संस्था (BFIs) सम्बन्धी ऐन, २०७३ (BAFIA) ले दिएको अधिकार प्रयोग गरी बैंकिङ कारोबार गरिरहेका BFIs हरुको नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंक (NRB) रहेको छ । NRB ले प्रकाशित गर्ने मासिक तथ्यांक (असार २०७८) अनुसार BFIs को वर्तमान अवस्था देहायबमोजिम रहेको छ । (Update around Examination Date)

१.   संख्याः BFIs हरुको संख्यात्मक अवस्था हेर्दा २७ "क" वर्ग, १८ "ख" वर्ग, १७ "ग" वर्ग, ७० "घ" वर्ग र १ पूर्वाधार विकास बैंक गरी कुल १३३ BFIs संचालनमा रहेका छन् र तिनका कुल १०,६८३ शाखा संचालनमा रहेका छन् ।

२. देशभरका ७५३ स्थानीय निकायमा ७५० स्थानीय निकायमा वाणिज्य बैंकहरुको उपस्थिति छ ।

३. BFIs मा ४७ खर्ब भन्दा बढीको निक्षेप र ४१ खर्ब भन्दा बढी कर्जा लगानीमा रहेको छ ।

४. BFIs को निक्षेप र कर्जाले कुल गार्हस्थ उत्पादनको क्रमशः करिब १११ % र ९८ % हिस्सा ओगटेको देखिन्छ ।

५. वाणिज्य बैंकहरुको आधार दर ६.८५% तथा निक्षेप र कर्जाको भारित औसत व्याजदर क्रमशः ४.७६% र ८.४३% रहेको छ ।

६. त्यस्तै समग्र BFIs मा निक्षेप खाता ३.७७ करोड भन्दा भढी, कर्जा खाता १७ लाख जति रहेको छ ।

७. आधुनिक बैंकिङ प्रविधि तर्फ मोबाइल बैंकिंग ग्राहकहरु १.४० करोड भन्दा बढी रहेका छन् जुन विगत भन्दा निकै बढी हो ।

८. यस्तै निष्कृय कर्जा अनुपात १.४८% रहेको छ ।

नेपालको वर्तमान बैंकिङ चुनौतिहरुलाई देहायबमोजिम लिपिबद्ध गर्न सकिन्छः

१.   कोभिड-१९ ले निम्त्याएको महामारीका कारण समग्र विश्व अर्थतन्त्रमा र नेपालको अर्थतन्त्रमा मन्दी आउनुले बैंकिङ कारोवारको संख्यात्मक र गुणात्मक वृद्धि प्रभावित भएको,

२.   कोभिड-१९ कै कारणबाट विभिन्न व्यवसाय जस्तै पर्यटन, विलासिताका उद्योगका अलावा अन्य थुप्रै लगानी गरिएको कर्जा असुलीमा समस्या आइ खराब कर्जा बढ्ने उच्च जोखिम रहेको,

३.   कोभिड-१९ को महामारीका कारण बैंकको समग्र कर्जा लगानीको गुणस्तर कायम गर्ने चुनौति,

४.   अनौपचारिक अर्थतन्त्र र छायाँ बैंकिङका कारण BFIs को समग्र व्याजदर कम गरी कोभिडले थलिन लागेको अर्थतन्त्रमा कम स्रोत लागतमा लगानी वृद्धि गर्ने चुनौति,

५.   बढ्दो डिजिटल अर्थतन्त्रमा सूचना प्रविधि सम्बन्धी जोखिम र सो जोखिम व्यवस्थापन गर्न उच्च सूचना प्रविधिको खर्च,

६.   नेपाल जस्तो सानो अर्थतन्त्रमा अत्यधिक BFIs को संख्या हुँदा बेलाबेलामा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको,

७.   परियोजनाको अवस्था भन्दा धितोको आधारमा कर्जा लगानी गर्ने प्रवृत्ति कायमै रहेको, आदि ।

यसरी वर्तमान अवस्थामा कोभिड १९ को महामारीले समग्र अर्थतन्त्रसँगै BFIs लाई पनि नराम्रो असर गरेको देखिन्छ । वर्तमान अवस्था र चुनौति हेर्दा बैंकहरुबीच मर्जर प्रकृया यथाशिघ्र रुपमा अघि बढाइ बढ्दो प्रविधि तथा अन्य संचालन लागत कम गर्दै डिजिटल बैंकिङलाई बलियो रुपमा प्रोत्साहित गर्न सरकार, नियामक निकाय र BFIs स्वयंले पनि ध्यान दिन जरुरी छ ।

English

Answer: The modern banking history of Nepal is believed to have started after the establishment of Nepal Bank Limited in 1994. At present , Nepal Rastra Bank ( NRB) is the regulatory body for BFIs conducting banking transactions using the powers conferred by the Banking and Financial Institutions ( BFIs) Act, 2073 ( BAFIA) . The current situation of BFIs as at Ashadh end 2078 as published by NRB are:

1. There are 27 "A" class, 18 "B" class, 17 "C" class, 70 "D" class and 1 Infrastructure Development Bank in Nepal with their 10,683 branches in total.

2. Among the 753 local authorities 750 local bodies have the presence of commercial banks.

3. Similarly, the total deposits of BFIs is more than Rs. 47 kharba and loan outstanding is more than Rs. 41 Kharba.

4 . Deposit to GDP and Credit to GDP of BFIs is around 111% and 98% respectively.

5 . Weighted average interest rate on deposits and credit is 4.76%  and 8.43% respectively.

6 . Similarly, there are more than 3.77 crore deposit accounts and 17 lakh loan accounts.

7. There are more than 1.4 crore mobile banking customers which is much more than in the past.

8 . Similarly, the NPL of overall BFIs is 1.48%.

 

Nepal's current banking challenges can be documented as follows:

1. The slowdown in the overall world economy and Nepal's economy due to the pandemic caused by COVID-19 has affected the quantitative and qualitative growth of banking transactions,      

2. Due to COVID-19, there is a high risk of bad loans in various businesses such as tourism, luxury industries and many other loans/advances.      

3. The pandemic of Covid-19 have degraded the quality of credit of BFIs.     

4. The challenge of increasing credit disbursement by lowering the overall lending interest rates while competing for deposit collection at a lower rate where there is existence of informal economy and shadow banking,      

5. Information technology risks in a growing digital economy and the high cost of information technology to manage those risks,      

6. In a small economy like Nepal , when there are too many BFIs , there is unhealthy competition from time and again.      

7. The tendency to invest in loans on the basis of collateral rather than the condition of the project persists, etc.      

Thus, in the current situation, the pandemic of Covid 19 seems to have adversely affected the overall economy as well as BFIs . Given the current situation and challenges, the government, regulators and BFIs themselves need to focus on promoting digital banking while speeding up the merger process between banks, reducing technology and other operating costs .

Comments

Post a Comment

Popular posts from this blog

Major Banking Terms (बैंकिङ शत प्रश्नोत्तरी)

Banking Concept in Nepal

Credit Disbursement and Recovery in BAFIA